७२टन चिनीको म्याद गुज्रिएकोले आयात अयोग्य भन्दा पनी जलेश्वर भन्सार भित्र्याउन सफल , जफत गरि नस्ट गर्नु पर्ने मञ्चको माग ।

 

बिरगंज , जेष्ठ २५ गते आइतबार ।

२०७६/११/२५गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी जलेश्वर को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेको ले आयात गर्न अयोग्य छ भनी दिएको प्रतिवेदन बिपरित अनुस्का मल्टिप्रपोज क.प्रा.लि. काठमाडौं ले जलेश्वर भन्सार बाट नेपाल भित्र्याउन सफल भइ उक्त ३वटा ट्रक हरु काठमाडौं तर्फ हिडिसकेको सुचना हामिले प्राप्त गरेपछी सोही दिन करिब ४बजे को समयमा मकवानपुर का प्रमुख जिल्ला अधिकारी ज्यु लाई जानकारी गराइ ,जिल्ला प्रहरी कार्यालय मकवानपुर को सह्योगमा नाकामा निअगरानी बढीरहेको अवस्थामा राजस्व कार्यालय पथलैया बारा ले उक्त ट्रक हरु नियन्त्रणमा लिएकोकुरा२दिन पछि थाहापाएर सन्चारकर्मी हरु मार्फत सार्वजनिक भएकोमा राजस्व अनुसन्धान कार्यालय ले कारवाही प्रक्रियामा रहेको जानकारी गराउदै आएकोमा उपभोक्ता हित संरक्षण मञ्च को कलैया उपमहानगर कमिटी ले जिल्ला प्रशासन कार्यालय मा २०७६/११/३० मा छानविन गरि उपभोक्ता संरक्षण ऎन २०७५अनुसार कारवाहिको माग गर्दै उजुरी दर्ता गरिएकोमा तत्काल करवाही को किनारा लगाउनु को साटाे पुनः राजस्व अनुसन्धान कार्यालय ले म्याद सकि सकेको अयोग्य भनी जारी गरेको प्रतिवेदन लाई वेवास्ता गर्नु र पुनः नमुना जाँच को लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौं पठाएको देखिन्छ।

विभागले आफ्नै मातहत को कार्यालय महोत्तरी जारी गरेको प्रतिवेदन को बोदार्थ लाई वेवास्था गर्दै नेपाल का मौजुदा कानुन ले तोकेको म्याद समाप्त भएको खाद्य वस्तु जफत गरि नस्ट गर्नुपर्ने मा पुनः २०७७/०१/१७गते विभाग को च.न.२५५५ र अर्को परिक्षण गरि २०७७/०२/१४गतेका दिन च.न.२५८०र२५८१ को प्रतिवेदन जारी गरि खान योग्य भनिप्रमाणिकरण गर्ने काम ले के कुरा देखाउछ ?
उपभोक्ता संरक्षण ऐन २०७५को दफा१६बिपरित रहेको त्यस्ता वस्तु को पुनः परिक्षण गर्ने गराउने उपर छनविन गरि दोसिलाइ कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य वासु खतिवडाले जानकारी गराउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close