
राजन कुमार बानिया
भिस्वा २५ जेठ
भिस्वा । पर्साकाे ग्रामिण भेगमा रहेको भिस्वा सीमानाकाबाट अवैध कपडा सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ
प्रहरी चाैकी भिस्वाले अवैध साडी सहित शनिबार पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने ४२ बर्षिय तुना पाण्डेलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताएका हुन् ।
भारतबाट लकडाउनमा पनि लुकीछुपी ल्याइरहेकाे ५५ पिस साडी सहित निजलाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए । पक्राउ परेकाे साडी सहित मान्छेलाई आज भन्सार कार्यालय समेत बुझाइसकिएकाे सिंहले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस