जागिर गएपछि अस्पतालका कर्मचारीले आफैंलाई पेट्रोल छर्केर लगाए आगो

अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागरिबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका छन्।

सोमबार बिहान साढे आठ बजे साँफेबगर नगरपालिका ६का सिद्धार्थ आउजीले अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिए।

‘आर्थिक समस्यापछि अस्पतालले जागिरबाट हटाएको भन्ने कुरा आएको छ,’ उनले सेतोपाटीसँग भने। अहिले उनको उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी भारतीले बताए।

उनी अस्पतालमा सरसफाई गर्ने कर्मचारी थिए।

Setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close