पर्साका सिडिओ गरिब बिपन्नहरुको लागी गाउँ-गाउँमा कपडा,सुइटर,टोपी,ज्याकेट वितरण गर्दै

राहुल गुप्ता /बिरगंज

शीत लहरसँगै जाडो बढ्दै गए पछि जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका जिल्ला प्रशासन कार्यलयका प्रमुख गणेश अर्यालले बिहिबार पर्सा जिल्लाकाे छिपहरमाइ गाउँपालिका र कालिकामाई गाउँपालिकाका विभिन्न वडाहरुमा बलाइन्केट र बच्चाहरूको लागी नयानो कपडा,सुइटर,टोपी,ज्याकेट वितरण गरेका छन् ।

४०० जना विपन्न परिवारका बृद्ध,बृद्धा ,बालबालिकाहरु लाइ न्यानो कपडा वितरण गरेका छन । न्यानो कपडाहरूमा टोपि कम्मल, ज्याकेटहरु रहेका छन।

कपडा वितरण गर्दै सिडियो प्रमुख अर्यालले जाडो बढे पछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कपडा बाँडिएको बताए। उनले विभिन्न दाताहरूको सहयोगमा विपन्न परिवारहरु लाई राहत उपलब्ध गराइदै आएको बताए ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल , जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, ब्रमदेव यादव,पत्रकार राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close