
बिरगंज जेष्ठ , जेष्ठ ३० गते शुक्रबार ।
वीरगञ्जको आदर्शनगर स्थित इन्भेस्टमेन्ट बैंकले अगाडी रहेको फुल रोप्ने तार जालीमा दादागीरी शैलीमा टाँसीएको सार्बजनिक सुचनाको व्यानरको सम्बन्धमा बैंकका अधिकारीसंग ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जय प्रकाश खेतानले बृक्षा रोपेको तारबार माथि बैंकले फ्लेक्स स्टिकर किन टासिएको भनी बुझ्न जादा बैंकका अधिकारीले हप्की दप्की लगाउदै हामीले बिरगंज महानगरपालिकासंग अनुमती लिएर सो कार्य गरेको हो भन्दै जे गर्नुछ गर्नुस भन्दै उनी प्रती न राम्रो व्यबहारको शैलीमा बैंक अधिकारीले न राम्रो व्यबहार गरेको अध्यक्ष खेतान आरोप लगाएका थिए।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले सडकको पेटी नजिक आसपास बृक्षा रोप्ने जाली लगाए सामुदायिक सेवा केन्द्र ले ७ बर्ष लगाएर आदर्शनगरलाई हरियाली बनाउन विभिन्न प्रकारका बृक्षा लगाउदै आएका हुन ।बैंकले टाँसीएको सार्वजनिक सुचनाको फ्ल्याक्स ब्यानरले ग्रीनसिटीको रुप कुरुप हुन सक्ने जानकारी दिए। एउटा बैंकले गरे अरु बैंकले पनि देखासिकि गर्न सक्छ भनी निज खेतानको आरोप रहेको थियो।प्रभु बैंकले लगाएको आफ्नो सुचना टास गरेको ब्यानर बैंक ले आफ्नो गार्ड लगाएर च्यात्तिएको र सो को आरोप आफुले खेप्नु परेको ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्रले केही अनलाईन सामाजिक संजालमा आरोप खेप्नु परेको पर्सा पोस्टलाई जानकारी गराएका हुन। इन्भेस्टमेन्ट बैंकले फ्ल्याक्स बैनर स्टिकर न च्यात्तिएको र जस्ता को तस्तै रहेको समेत उनले भने। समय समयमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले सामाजिक कार्यमा निरन्तरता दिदै आएको र अगामी दिनमा पनि जनहितको कार्य गर्दै आउने समेत अध्यक्ष खेतानले जानकारी दिनु भयो। ।
मिडिया तथा समाजिक संजालमा प्रभु बैंकको गार्डले च्यातिएको ब्यानर इन्भेस्टमेन्ट बैंक बाहिर बृक्ष रोपेको तारमा ग्रीन सिटीले च्यातिएको भनिएको ब्यानर मिडियामा गलत न्युज सम्प्रेषण हुन गएकोको कारणले मिस अन्डर्सटेनिङ्ग हुन पुगेको हो र कुनै बादबिबाद न रहेको भनि इन्भेस्टमेन्ट बैंकका मेनेजर रोशन श्रेष्ठको भनाइ रहेको थियो ।




