नेबिसंघले बिरगंजमा सरकारको बिरोधमा सडममा उत्रिए (भिडियो सहित)

बिरगंज , असार ०१ गते सोमबार ।

सरकारकाे असक्षमताकाे विरूद्धमा नेविसंघ पर्सा साेमबार पनि सडकमा उत्रिएकाे थियो ।

काेराेनाभाइरस नियन्त्रण तथा राेकथाममा १० अर्ब रूपैया खर्च भएकाे दाबी गर्ने सरकारले क्वारेन्टाइनमा बस्नेरूका लागि सामान्य व्यवस्था पनि गर्न नसकेकाे भन्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाे नेविसंघ पर्साले जनाएकाे छ ।

 

 

सर्वसाधारणकाे घरभाडा, बैंक ब्याज, कर, विद्युत महशुल माफ गर’, ‘सर्वसाधारण उपचारकाे खाेजमा, सरकारकाे भ्रष्टाचारकाे माैजमा’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर’, ‘कालापनी, लिपुलेक हाेम्राे हाे’, ‘सरकार खै? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नेविसंघ प्रदर्शनमा उत्रिएकाे थियाे ।

वीरगञ्जस्थित घण्टाघरमा नेविसंघका जिल्ला सभापति विकास तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा, तरुण दलका मिकु सिंह, नेवि संघका पूर्व प्रदेश समिती सदस्य अभय कर्ण , नेता बाबुनन्द पटेल, जिल्ला सचिव समीर मंसुरी, उपसचिव रमेश यादव, सेराज अंसारी, राजेश पटेल, उपाध्यक्ष शेष हजरा, साबिर हुसैन, जिल्ला प्रवक्ता केशव राज मिश्र, तथा सदस्य प्रभास साह, सुधीर महतो, फिरोज अन्सारी, आका नेपाली संजय कुशवाहा, विट्टु पटेल, रंजन चौरसिया, विकास मण्डल लगायतको विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close