छिपहरमाई गापा ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ समेत दुई जना पक्राउ

 

राजन कुमार बानिया
भिस्वा १२ असार
सशस्त्र प्रहरीबल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी ले अाज पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ समेत मोटरसाइकल सवार दुई जना लाई पक्राउ गरेको छ। भारत को सिकटा बजार बाट अालु को झोला लुकाई छिपाई नेपाली रुपैयाँ लिएर अाई रहेको अवस्था मा सिमा नाका मा खटिएको सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी को टोली ले मोटरसाइकल रोकी चेकजाच गरेपछी ३ लाख ५५ हजार नगद रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरिक्षक हरिपराजुली ले जनाए का छन।

बरामद भएको नेपाली नोट को स्रोत नखुलेको पराजुली ले जनाए को छ। नेपाली रुपैयाँ को साथमा पक्राउ पर्नेमा को छिपहरमाई गाउँपालिका वार्ड नं २ चरगाहा गाउँ निवासी ३३ वर्षिय जगजय यादव,र १९ वर्षिय रंजन बैठा रहेको छ।बिअार २२ भि ३८२५ नम्बर को भारतिय नं को मोटरसाईकल पक्राउ गरिएको सशस्त्र ले जनाए को छ।पक्राउ परेका नगद रुपैयाँ ,मोटरसाइकल ,र दुई जना युवक लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको छ।पक्राउ परेका नेपाली नोट मा १०००,५००,१००,५० ,२०,१०,र ५ को रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close