पिताले दानमा दिएको जग्गामा पुर्व मन्त्री सिंहले बनाए बर्थिङ्ग सेन्टर

जितेश कुमार यादव/सर्लाही

सर्लाहीको धनकौल गाउँपालिका -२ मा बर्थिङ्ग सेन्टर आजदेखी संचालनमा आएको छ। बर्थिङ्ग सेन्टरको उदघाटन शुक्रवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मधेश प्रदेशका उपसभापति , संगठन बिभाग प्रमुख ,बिरेन्द्र प्रसाद सिंहले गर्नुभएको छ।

बर्थिङ्ग सेन्टर निर्माणका लागि पुर्व मन्त्री समेत रहेका सिंहका पिता बैजनाथ प्रताप सिंहले ०७६/११/११ का दिन ४ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराईएको थियो।

पिताले निशुल्क उपलब्ध गराएको ४ कठ्ठा क्षेत्रफल जग्गामा बर्थिङ्ग सेन्टरको निर्माण गरि पुर्व मन्त्री बिरेन्द्र सिंहले आज बिधिवत उदघाट गरेको मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रीपाठिले जानकारी दिनुभयो।

बिरेन्द्र प्रसाद सिंह सर्लाही क्षेत्र न.-४ (क) बाट निर्वाचित प्रदेश सांसद हुन। उदघाटन गर्दै पुर्व मन्त्री सिंहले अब सुरक्षित प्रसुतिका लगि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले आमाहरु घरमा जोखिमपूर्ण रुपमा नभइ सुरक्षित रुपमा शिशुलाई जन्मदिन प्रसुति सेवा केन्द्रमा आउन तथा समयमा चेकजाँच समेत गराउन आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close