नेपाल नाई संघ पर्सा र नेपाल व्युटिसियन संघ पर्साको सन्युक्त आयोजनामा बिरगंजमा शान्तिपुर्ण बिरोध प्रदर्शन ।

बिरगंज , असार १४ गते आइतबार ।

नेपाल नाई संघ जिल्ला समिति पर्सा बिरगंज र नेपाल व्युटिसियन संघ पर्साको सन्युक्त आयोजनामा बिरोध कार्यक्रम भएको थियो ।

आइतबार बिरगंजको घन्टाघरमा नेपाल नाई संघ पर्साले ६ बुन्दे माग राखी बिरोध प्रदर्शनमा उत्रिएका थिए ।

नेपाल सरकारद्वारा निसुल्क स्वास्थ्य सामाग्रीको व्यवस्था गरि तत्काल सैलुन तथा पार्लरहरु खुल्ला गर्ने घोषणा गरियोस, लकडाउन अवधिको पसल भाडा छुटको व्यवस्था गरियोस, बैंक ऋणको व्याज मिनाह गरियोस, तुरुन्त राहतको व्यवस्था गरियोस, निसुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस , निसुल्क कोरोना जाचको व्यवस्था गरियोस जस्ता मागहरु उनिहरुको रहेको नाई संघ पर्साका अध्यक्ष नेसार अहमदले बताए।

कोरोनाको माहामारीले गर्दा सैलुन भन्द भएको ४ महिना हुन लाग्यो , अहिले सबै पसलहरु खुली सक्यो तर सैलुन र पार्लर खुलाउने सरकारको कुनै पहल नगरेकोले त्यसको बिरोधमा हामी धर्ना कार्यक्रम गर्नु परेको नेपाल व्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापाले प्रहार डेलि न्युजलाई  जानकारी दिनु भयो ।

बिरगंज महानगर पालिका भित्र रहेका ५ सय भन्दा बढी कपाल काटने सैलुन र व्युटिपार्लरहरुद्वारा बिरोध प्रदर्सन गर्दै नेपाल सरकारको ध्यान केन्द्रित गर्न एक घन्टा शान्ति पुर्वक चक्का जाम गरेका थिए ।

नेपाल नाई संघका जिल्ला अध्यक्ष निसार अहमदको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाल नाई संघको केन्द्रिय उपाध्यक्ष सियाराम नेपाली , प्रदेश न.२ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ठाकुर , नाई संघ पर्साका सचिव चन्दन ठाकुर , धिरेन्द्र ठाकुर , नेपाल व्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापा, उपाध्यक्ष राधा शर्मा , सचिव मन्दिरा
राउत, राधा हमाल,चाम्पा श्र्रेष्ठ, सुमिता बस्नेत,बिना दाहाल,पृती श्रीवास्तव,सरिता पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close