एकअर्कालाई दोषारोपण गरेर संगठनलाई नराम्रो हुने हो, हामीले एकजुट भएर अघि बढ्ने भनेका छौं । (एआइजी शैलेश थापा र हरि पाल)

प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।

धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।

नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।

प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रतिस्पर्धामा रहेका क्षेत्री र पालले एकअर्काबीच सौहार्दतापूर्ण वातावरण दिएको सन्देश दिन सँगै हिँड्न थालेका छन् । ललितपुर प्रहरीको ब्यारेक उद्घाटन गर्ने कार्यक्रम देखियो । उनीहरू एउटै गाडीमा चढेर कार्यक्रम स्थलमा पुगेका थिए । मञ्चमा एउटै सोफामा बसे, बेलाबेला कानेखुसी गर्थे । यसले प्रहरीमा पनि एकखाले उत्साह दिएको अधिकृतहरू बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close