तिन बुन्दे माग राखी होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा प्रजिअलाई ज्ञापनपत्र ।(भिडियो सहित )

बिरगंज , असार १७ गते बुधबार ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा बिरगंजका अध्यक्ष हरि पन्तको नेतृत्व गएको होटेल व्यवसायीहरुको टोलिले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई ३ बुन्दे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

सामाजिक दुरी काय गर्दै होटेल व्यवसाय तत्काल सञ्चालनका लागि पहल गर्न, लकडाउन अवधि भरिको घर भाडा,बैंक ब्याज , बिजुली,पानी, विद्युतलगायतका महशुल सरकारी स्तरबाटै मिनाहाका लागि पहल गर्न र भाडामा सञ्चालित होटेलहरुको घर भाडा हाल पुर्ण मिनाहा लगायतका विषयहरु समेट्दै ज्ञापन बुझाइएको अध्यक्ष हरि पन्तले प्रहार डेलिलाई जानकारी गराउनु भयो ।

त्यसैगरि आजै होटेल तथा पर्यटन व्यवसायी संघ पर्सा बिरगंजले बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगीलाई उहाकै कार्यकक्षमा भेटी कोभिड -१९ को महामारीमा सबैभन्दा बढी मार होटेल व्यवसायीहरुलाई भएकोले सामाजिक दुरि कायम राखेर र सुरक्षाका सम्पुर्ण बिधि अपनाएर भएपनि तुरुन्त होटेल सन्चालन गर्न पाउनु पर्ने माग राखेका थिए ।

होटेल दियालो लर्डसका सन्चालक अनिल कुमार रुङ्ग्टा, होटेल पुजनका सुरेन्द्र मान श्रेष्ठ , होटेल कैलासकाकुनाल श्रेष्ठ , होटेल कुमु प्यालेसका कुमार श्रेष्ठ , होटेल पशुपतिका माधव बस्नेत , कन्टृि इनका हरि पन्त , होटेल सगुनका रचेन्द्र सिंह थापा , आनन्द गेस्ट हाउसका पुस्पलाल श्रेष्ठ लगायतकाको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close