कपिलवस्तुमा पनि जनमत पार्टी द्वारा नागरिकता विधेयक विरुद्ध भैंसी जुलुस

कपिलवस्तु , १८ असार
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं. २ गैडाहवा मा याेगेन्द्र चाैधरी काे अध्यक्ष्ातामा जनमत पार्टी द्वारा भैंसी जुलुस गरिएको छ ।

विदेशी महिला संग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी कपिलवस्तु द्वारा भैंसी जुलुस गरिएको छ ।

नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले असार ७ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

भैंसी जुलुस कार्यक्रममा दिप कुमार केवट , नरायन चौधरी , बिजय कुमार केवट , र अन्य पदाधिकारी हरुकाे सहभागीता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close