वर्तमान परिवेशमा जनताहरु राजाको आवश्यकता महसुस गर्न थाले ।

बीरगंज , असार २३ गते मंगलवार । ।

राजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सव आज एक समारोहका बीच बीरगंजमा पनि मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणी बीरगंजले आफ्नै कार्यालयमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथी जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं राष्ट्रवादी पशुपति बिक्रम शाहले राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो ।

माल्यार्पण गर्दै प्रमुख अतिथी शाहले वर्तमानको परिवेशमा जनताहरु राजाको आवश्यकता महसुस गर्न थालेको बताउँदै राजाले पनि जनताको भावना बुझनु भएको कुरामा जोड दिनुभयो । वहाँले सम्पूर्ण राष्ट्रबादीहरु एक जुट नभए सम्म राजाको कुनै बिकल्प नदेखिएको बताउनु भयो । साथै वहाँले राजाको जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रबाद संघ पर्साले आयोजना गरेको कार्मक्रमको ब्यानरमा आफ्नो समेत तस्बिर राखेर अमर्यादित कार्य गरेको बताउनु भयो ।
बहाँले यसरी मर्यादा विपरीत गरेको कार्यबाट नेपाली जनतामा गलत सन्देश जाने भएको हुँदा आँउदा दिनमा यस प्रकारका गलत काम नगर्न जोडदिनु भयो ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतमा आयोजित कार्यक्रममा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र चौरसिया, संचारकर्मी एवम् लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचन्द्र गौतम, मंचका अंचल सदस्य ज्ञानी प्रसाद कुर्मी, राजदेव प्रसाद, साहित्यकार अरुण बिक्रम शाह लगायतकाले तस्बिरमा माल्यार्पण गर्दै राजा शाहको दिर्घायु कामना गरिएको प्रणय कुमारले बताउनु भयो ।

त्यसैगरि माल्यार्पण कार्यक्रम पश्यात बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close