
जबर्जस्ति करणी मुद्दामा फरार प्रतिवादी पक्राउ ।
बिरगंज , असार २३ गते मंगलवार ।
सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको पत्र आदेशानुसार वारेण्ट जारी भएको जवरजस्ती करणी उधोग मुद्दाको फरार प्रतिवादी जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१२ बस्ने नैमुदिन हवारीको छोरा समसुदिन मियालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०३।२२ गते जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१२ स्थित आफ्नै गाउँघरमा लुकिछिपी बसी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




