
बिरगंज , साउन ०१ गते बिहीबार ।
विशेष सुचनाको आधारमा मिति २०७७।०३।३१ गते अं.१५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.१ स्थित पर्सा जिल्लाको सोनवर्षा तर्फबाट आउदै गरेको ना ४८ प ६१५१ नं.को मो.सा. रोकी चालक जिल्ला पर्सा बिन्दबासिनी गा.पा.वडा नं.३ बस्ने रामगोविन्द राउत बरहीको छोरा बर्ष ३९ को जिरजोधन प्रसाद चौरसिया र सोही मो.सा.पछाडी सवार ऐ.ऐ.बस्ने रामनाथ साहको छोरा बर्ष ३० को सुनिल साहलाई समेत चेकजाँच गर्दा निजहरुको साथबाट लागु औषध गाँजा ४ किलो फेला परेकोले सो लागु औषध र मो.सा.सहित निजहरुलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




