वीरगन्नको नेशनल मेडिकलमा छापा, करिब १९ सय थान आरडीटी किट बरामद

वीरगन्ज,५ साउन – वीरगन्जको नेशनल मेडीकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ । कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटीभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटीभ देखिए पछि कुरा बाहिरयो । त्यही कुरालाई लिएर प्रहरीले छापामारेको हो ।
छापामारी स्थानिय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी किट बरामद गरेको छ ।

कलेजमा एक जनामा कोरोना पुष्टी भएपछि अस्पतालको आकस्मिक कक्ष र विमारी राख्ने कतिपय वार्डहरु बन्द गरि सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकरी दिएको छ । यस भन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघी नै अन्तिम संस्कारका लागि शब दिएपछि कलेज बिवादमा तानिएको थियो ।

सरकारले आरडीटी टेस्टको विश्वनियता माथी प्रश्न उठे पछि सबैको पिसिआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो । तर सो विपरित मेडिकल कलेजले महगो शुल्क लिएर आरडीटी टेस्ट गर्दै आएको छ । कलेज संचालक नेकपा एमालेका नेता रहेको तथा चर्चा कमाउँन कलेजले कोरोना महामारी नियन्त्रण हदै सम्मको सहयोग गर्ने प्रतिब्धता जनाए पनि कोरोना कै बिषय लिएर बारम्बार बिबादमा तानिदै आएको छ ।

कलेजको प्रहरी विटकै प्रहरी कर्मचारीको रोहबरोहमा गन्ती गरी किट नियन्त्रणमा लिइएको स्रेतको दावी छ । तर स्थानिय प्रशासनले यसको पुष्टी गर्न अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक गंगा पन्तले हामीलाई यसको बिषयमा कुनै जानकारी नआएको र प्रहरीले किट नियन्त्रणमा नलिएको बताइन् ।

यद्यपी कलेज प्रशासनले भने घटना बिद्यार्थीसँग जोडिएको दावी गर्दै दुई जना बिद्यार्थीको नारायाणी अस्पतालमा कोरोना चेकजाँच भएको तथा एक जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ । भारतबाट आएका दुई बिद्यार्थीलाई कजेज प्रशासनले कलेज प्रवेश भन्दा पहिला पिसिआर रिर्पोट माग गरेकोमा उनीहरुले चेकजाँच गराउँदा एक जनामा कोरोना देखिएको कलेजका संचालक वसुरुदिन अंसारीले बताउनु भयो ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close