पर्सा प्रहरीले ८ वटा भारतिय मोटरसाइकल बरामद गरि भन्सार बुझायो।

बिरगंज , जेष्ठ २८ गते शुक्रबार ।

पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका निम्न नम्बरका ८ वटा भारतीय मोटरसाइकलहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.४,५५,०००।– (चार लाख पचपन हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०२।२७ गते वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको व्यहोरा पर्सा प्रहरीले जनाएको छ। 1. BR05AK 5824 2. BR05AF 5667 3. BR05AD 4623 4. BR05AJ 2098 5. BR22M 9624 6. BR22L 0287 7. BR22C 5326 8. BR33D 5129

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close