
काठमाडौं , साउन ०९ गते शुक्रबार ।
काठमाडौंका एकजना हुन्डी कारोबारी १९ लाख ९१ हजार नगद सहित पक्राउ परेको छ ।
स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् ।हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




