सशस्त्र प्रहरी निरीक्षक तामाङ को सक्रियतामा २० किलो लागु औषध चरेश बरामद

राजन कुमार बानिया
पोखरिया २ भदौ
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवता बाट गयराती ठुलो मात्रामा लागु अौषध चरेस बरामद गरेका छन। सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर को सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्व मा रहेको टोलीले २० किलो लागुऔषध चरेस बरामद गरेको छ ।

नेपाल को मुडली टिनडोबिया बाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचना को अधारमा सशस्त्र प्रहरी ले ३८ पोकामा रहेको चरेस दसौता गाउँ नजिक बाट बरामद गरेको छ।चरस तस्कर हरुले प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए ।बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जनाएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close