
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसका युवा नेता बिवेक चौरसिया पछिल्लो समय एक जिम्मेवार, जागरुक र जनप्रिय नेताका रूपमा परिचित हुँदै गएका छन्। सरल स्वभाव, स्पष्ट विचार र जनताको दुःख–सुखमा सधैं साथ दिने प्रवृत्तिका कारण उनी स्थानीयवासीहरूको मान–सम्मान र भरोसाको केन्द्र बन्दै गएका छन्।
युवा हुँदाहुँदै पनि राजनीतिक परिपक्वता देखाएका चौरसियाले पार्टी संगठन सुदृढीकरणदेखि सामाजिक सेवासम्म सक्रिय भूमिका निभाउँदै आएका छन्। शिक्षा, स्वास्थ्य, युवा रोजगारी र स्थानीय विकासका विषयमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्। प्राकृतिक विपत्ति, सामाजिक समस्या वा जनताका व्यक्तिगत पीडामा समेत उनी अग्रपंक्तिमा देखिनु उनको विशेषता हो।
स्थानीय बासिन्दाहरूका अनुसार बिवेक चौरसिया ठूलो पद र हैसियतभन्दा पनि ठूलो मन भएका नेता हुन्। जनताको कुरा ध्यानपूर्वक सुन्ने, सबैलाई समान व्यवहार गर्ने र विवादभन्दा समाधान खोज्ने उनको शैलीले सबै वर्गको मन जित्न सफल भएका छन्।
नेपाली कांग्रेसको सिद्धान्त र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै उनले युवालाई राजनीतिप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। पार्टीभित्र मात्र होइन, समाजमा पनि उनको सक्रियता प्रशंसनीय रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
बिन्दवासिनी गाउँपालिकाको समग्र विकास र सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध बिवेक चौरसिया भविष्यका लागि आशालाग्दा युवा नेता का रूपमा हेरिएका छन्। जनताको साथ, विश्वास र सम्मानलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मानेर अघि बढिरहेका उनीबाट आगामी दिनमा अझ प्रभावकारी नेतृत्वको अपेक्षा गरिएको छ।




