
बारा , भदौ १४ गते आइतबार ।
बिशेष सूचनाको आधारमा मिति २०७७/०५/१३ गते बेलुकी अं.१६:४५ बजेको समयमा जिल्ला बारा देवताल गा.पा.वडा नं.२ दक्षिण झिटकैया टोल स्थित सडक खण्डमा प्रहरी चौकी दक्षिण झीटकैया बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा साइकलमा चढी चलाई आएका ऐ.ऐ.वडा नं. ३ बस्ने वर्ष २२ को कृष्ण कुमार साह र वर्ष १६ को परिवर्तित नाम कलैया ३३-छ-२२ लाई प्लाष्टिकको बोरामा WINCIREX-100 ml लेखिएको ५९ (उन्नसाठी) बोतल अवैध लागू औषध लुकाई छिपाई दुई जनाको बिचमा राखी ल्याएको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा पहिलो पटक ४ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




