
बिरगंज , असोज २२ गते बिहीबार ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ पर्साद्वारा बिरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो ।
क्षेत्रीय सभापति विजय शर्राफकाे नेतृत्वमा गएको टोलिले काेराेना महामारीको वेला सेवाग्राही सर्वसाधारण जनताहरु विभिन्न कर लगायतका काम लिएर वीरगन्ज महानगरपालिकामा पुग्दा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धि मापदण्डकाे व्यवस्था नभई जनताकाे ज्याननै असुरक्षित भएकाेले साे काे अविलम्ब वैज्ञानिक व्यवस्थापन गरि सर्वसाधारण जनताकाे जीवन सुरक्षित गर्न गराउनकाे लागि दबाव स्वरूप उपप्रमुख सुश्री शान्ति कार्कीलाई ज्ञापन बुझाईएकाे हो ।
साे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह,काेषाध्यक्ष ईम्तियाज आलम,सहसचिव राेशन लामिछाने, प्रदेश सभा सभापति अरविन्द गुप्ता, युवा नेता अम्बुज सिह लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे।




