
बारा, भदौ २६ गते शुक्रबार ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको तथा नेपालबाट भारततर्फ निकासी गर्न लैजादै गरेको अं.मु.रू.११,७२,२७०/-(एघार लाख बहत्तर हजार दुइ सय सत्तरी) बराबरको विभिन्न किसिमको केराउ लगायतका किराना मालसामान तथा मालसामान ओसारपसार गर्न प्रयोग गरिएको ना ७ ख ६८५८ नं. को मिनि ट्रक थान-१, मो.सा.थान-१ र साइकल थान-८ समेत बेवारीसे अवस्थामा बरामद गरी दाखिला गरेको उक्त मालसामानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय वीरगंजमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




