काला बजारी गर्ने खुशी स्टोर्सका सन्चालक पक्राउ ।

बारा , कलैया , असोज ०१ गते बिहीबार ।

बाराको कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोर्स खुलेको र प्याज पनि रहेको पत्ता लाग्यो । सादा पोशाकका प्रहरीसहित एकजना सर्वसाधरणलाई खुशी स्टोर्समा प्याज किन्न लगाइयो ।

प्याज कति रुपैयाँ किलो हो ? भनेर सोध्दा उताबाट ८० रुपैयाँ भनेर जवाफ आयो । १० किलो प्याज जोख्न लगाइयो । पैसा तिरेपछि ग्राहकले बिल मागे । बिल हातमा आइसकेपछि सादा पोशाकका प्रहरीहरुले व्यापारीलाई खरिद बिल देखाउन भने । ८० रुपैयाँमा बिक्री हुँदै गरेको प्याज त जम्मा ४३ रुपैयाँमा पो खरिद गरिएको रहेछ ।

प्याजको कालोबजारी गरेको पाइएपछि पसलका सञ्चालक कलैया उपमहानगरपालिका–१ बस्ने चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ । खरिद गरेको भन्दा झण्डै दोब्बर मुल्य नाफा राखेर प्याज बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्र बताउँछन् ।प्रहरीले खुशी स्टोरमा राखेको प्रति बोरा १९ किलो प्याज भएको १४ बोरा र प्रति बोरा ४८ किलो प्याज भएको ४ बोरा गरी जम्मा ४ सय ५८ किलो ग्राम प्याज पनि बरामद गरेको छ ।सञ्चालक साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close