
एसिड प्रहार दोषीलाई २० बर्ष जेल र १० लाख जरिवाना गर्ने कानुन पास भएको भन्दै आदि शक्ति माता आमा समुहद्वारा बिरगंजमा दिप प्रज्वलित ।
बिरगंज , असोज १६ गते शुक्रबार ।
नेपाल सरकारले एसिड प्रहार गरि अत्याचार गरेको अपराधी, दोषीलाई २० बर्ष जेल र १० लाख जरिवाना गर्ने कानुन पास भएको भन्दै आदि शक्ति माता आमा समूह बिरगंजले दिप प्रज्वलित गरि स्वागत गरेका थिए ।
आदि शक्ति माता आमा समुहका अध्यक्ष श्रीमती रुपा देबि श्रेष्ठको अगुवाईमा आज बिरगंजको माईस्थान प्राङ्गणमा दिप प्रज्वलित गरि खुशि मनाउदै सरकारको सो निर्णयको स्वागत गरेका थिए ।
दिप प्रज्वलित कार्यक्रममा आमा समुहका उपाध्यक्ष गायत्री शर्मा ,सचिव बबिता श्रीवास्तव , सहसचिव उर्मिला थापा , कोषाध्यक्ष सन्तोष खतिवडा , सदस्यहरु उतम प्याकुरेल , जानुका भन्डारी , सुनिता नेपाल लगायत सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।