
पर्सा , बिरगंज २०७७ असोज २१ गते बुधबार ।
आज मिति २०७७-६-२१ गते बुधबारका दिन उपभोक्ता हित संरक्षण मञ्चले देशका सबै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख मार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।संविधानमा ब्यबस्था भएका उपभोक्ताका अधिकार माथी भईरहेको लुटलाई,गुणस्तरहीन बस्तु, नियन्त्रण गर्न र स्वच्छ बजारका लागि संवेदनशील भएर कार्य गर्न अनुरोध गरेको छ।
त्यसै गरि उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ ले आज बुधबार ११ बजे प्रदेश अध्यक्ष केसि लामिछानेको नेतुत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउने टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा , प्रदेश न.२ का उपाध्यक्ष दिनेशचन्द्र गिरि , बिरगंज नगर कमिटीका सचिव प्रिति सिंह , कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , शिव मंगल राय यादव , राजन श्रीवास्तव , सन्चारकर्मी राहुल गुप्ता , जाकिर हुसेन लगायतकाको उपस्थिति रहेको थियो ।




