डा. केसिको समर्थनमा बिरगंजमा धर्ना कार्यक्रम ।

बिरगंज , असोज २१ गते बुधबार ।

डा. केसि को माग अबिलम्ब पूरा गरि उहाको जीवन रक्षा गर सरकार ।
नेपाली जनता को स्वास्थ्य का अभिभावक डा. केसि ले स्वास्थ्य क्षेत्र एवम शिक्षा क्षेत्र को बेतिथी र सुधार को लागि गर्नु भएको १९ औ सत्याग्रह अनसन को समर्थन मा एक्यवद्धता जनाउदै डा. केसि का समर्थक हरु बिरगंज पर्सा एवम सचेत नागरिक समाज बिरगंजले आज बुधबार बिरगंजको घण्टाघरमा धर्ना प्रदर्शन गरेको छ ।

सो १ घण्टे कार्यक्रम मा डा. उदय नारायण सिंह , अधिवक्ता पन्नालाल पटेल, सामाजिक अभियन्ताहरु प्रकाश थारु , बृजेश्वर चौधरी , मनोज मिश्रा ,लालबाबु सिंह , ओम प्रकाश सराफ ,कमल चौगाइ , मोनिका सिंह , ज्योती साह ,कन्हैया पटेल, मन्टु श्रेष्ठ , अबिनाश झा अभियन्ताहरु लगायत सर्वसाधारणहरुले डा. केसि का माग पूरा गर , डा. केसि को जीवन रक्षा गर , डा. केसि को अनसन मेडिकल माफियालाई टेन्सन , कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ सुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर , दलिय भागबन्डा बन्द गर , लुटतन्त्र बन्द गर लगायत का नारा अन्कित हाते बैनर बोकि नारा पनि लगाएका थिए ।

यो कार्यक्रम डा. केसि को माग पूरा नहुन्जेल प्रत्येक दिन बिहान ७ बजे निरन्तर जारी रहने लालबाबु सिंहले प्रहार डेलीलाई जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close