तस्करी गरी ल्याएका भैंसीं सहित २ जना मानिस पक्राउ ।

बारा , असोज २२ गते बिहीबार ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा बिहीबार अन्दाजी दिउसो ३ बजे जिल्ला बारा फेटा गा.पा. वडा नं.१ स्थित सार्वजनिक सडक खण्डमा पुग्दा जिल्ला बारा फेटा गा.पा वडा नं. १ रजवटीया टोल बस्ने वर्ष २३ को अरुण हजरा र ऐ.ऐ बस्ने वर्ष १९ को निकेश पासवानलाई भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ भित्राई रहेको मुल्य रू.३,१८,०००।- पर्ने भैसी-४, राँगा-४ र पाडा-पाडी-१२ वटा सहित फेला पारी नियन्त्रणमा लिई दाखिला गरेको उक्त भैंसी, राँगा र पाडा-पाडी सहित पक्राउ परेका अरूण हजरा र निकेश पासवानलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close