
राजन कुमार बानिया
पोखरिया १ कार्तिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त अायोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । पर्साको धोबिनी गाउँपालिका वार्ड नं-५ जगरनाथपुरमा अायोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एव पुर्वीमंत्री उर्मिला अार्यालको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा सो पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाको ५१ जना ५१ जना गरि १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले भनिन पार्टी एक ढिक्का हुनुको कुनै विकल्प नभएको बताए।
उनिहरुको पार्टीभित्र सामान्य कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सच्याएर अघि बढ्नु जोड दिनु भएको थियो । केन्द्रको कमी कमजोरीलाई जिल्ला , स्थानिय तह बाट घचघचाउने र कमीकमजोरी लाई सचियाएर अगाडि बढनमा जोड दिनु भएको छ। क्षेत्र नं ४ मा नेकपाका ४ वटा गाउँपालिका निर्वाचित भएको २२ हजार भोट लिएर तर सांसदको निर्वाचनमा १० हजार भोट पाएकोले अापती जनाउनु भएको थियोे । ईमानदारी पुर्वक लागेर महिला ,बालबालिकाको सशक्तीकरणमा लागनु पर्नेमा समेत जोड दिनु भएको थियोे ।
नेकपाका सरकार केन्द्र,प्रदेश र स्थानिय तहमा रहेको छ तर रकम यदी सबै तहले अाफ्नो अाफ्नो तह बाट सहयोग गरेमा महिला बालबालिका लगायत अन्य सशक्तीकरण हुने र नेकपा सरकारलाई बाहबाहिन हुने बताए । सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्त्बय पार्टीका सांसद शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा , संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ , छिपहरमाई गापा अध्यक्ष मनोज कुमार गुप्ता , पुर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा,प्रदेश सदस्य योगेन्द्र साह कानु , जिल्ला सदस्य बलिराम साह, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सपथ ग्रहण कार्यक्रम छिपहरमाई गापा कमिटी अध्यक्ष पहलाद गुप्ता , धोबिनी गापा कमिटी अध्यक्ष मजिद मियाँको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा नेता एव जिल्ला समन्वय समिति पर्सा उपप्रमुख ठाकुर नेवपाने, पार्टीका केन्द्रीय सदस्य उर्मिला देवकोटा, पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने पर्सा शाखा अध्यक्ष श्याम बन्जारा ,बिजयबस्ती का पुर्व गाबिस अधयक्ष लालबहादुर श्रेष्ठ ,नेकपा का ठोरी अधयक्ष खगेन्द्र श्रेष्ठ ,जिराभवानी अधयक्ष शशिकपुर थारु,वार्डअधयक्ष राजबली यादव,मौजीलाल साह, बिनोद साह कानु,नेकपा बाट क्षेत्र नं ४ ख का उमेदवार सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, अमिका पटेल ,श्याम किसोर पटेल, ज्ञानबहादुर साह,जिल्ला सदस्य मदिस मियाँ ,युवा नेता संतोष पटेल, सदाम हुसेन,एनुल हक, युवा नेता सुनिल कुमार गुप्ता शम्भु पाल,अबास मियाँ , तेज प्रकाश निसाद, लगायत दुबै पालिकाका नेताकार्यकर्ताहरुको उपस्थिति थियो।
सपथ ग्रहण कार्यक्रममा छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता स्वागत मन्तव्य व्यक्त गरेका थिए।




