प्रधानमन्त्रीले ‘रअ’ प्रमुख भेटेसँगै नक्साबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक गायव, अधिकारिक रुपमै यस्तो भेटियो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई सरकारी निवास बालुवाटारमा बोलाएर भेटेपछि चर्को आलोचना भइरहेको छ ।

पार्टीभित्रैबाट उनको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । यसैबेला नेपालको नक्साबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव भएको पाइएको छ ।

ओलीकै नेतृत्वमा भारतको कब्जामा रहेका यी भूभागलाई नक्सामा समावेश गर्ने र संविधान संशोधन गरेरै निशान छाप समेत परिवर्तन गरिएको हो । तर ओलीले रअ प्रमुख भेटेलगत्तै शुक्रवार जारी एक शुभकामना सन्देशको उल्लेखित निशान छापको नक्साबाट लिम्पियाधुरा गायव छ ।

ओलीले दिएको दशैंको शुभकामना सन्देशमा उल्लेखित निशान छाप पुरानै छ । जसमा लिम्पियाधुरा उल्लेख छैन । निशान छापबाट लिम्पियाधुरावाला नक्सा गायव भएपछि धेरैले ओलीमाथि प्रश्न उठाएका छन् । हुन पनि रअ प्रमुख फर्केको भोलिपल्टै उक्त नक्सा गायव हुनुले सबैलाई शशंकित बनाएको हो ।

यसैक्रममा नेपाल लाइभका सम्पादक नारायण अमृतले सोधेका छन्, ‘ डियर ओली! लिम्पियाधुरा खै? भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटपछि शुभकामना सन्देशबाट लिम्पियाधुरा हराएछ। नक्कली राष्ट्रवादको सक्कली स्वरुप होला त यो? कि कसो हो?’Nepalpana

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close