लागू औंषध नाईट्रोभेट सहित २ जना पक्राउ ।

महोत्तरी , जलेश्वर , कार्तिक १२ गते बुधबार ।

महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ बोर्डर स्थित बि.ओ.पि .बाट खटिएको आई.डि. न.६१६२ का सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमोद झाको कमान्डमा ५ जनाको बोर्डर चेकप्वाईट डिउटी टोलिले भारतबाट झोलामा राखी नेपाल तर्फ आउदै गरेको दुई जनालाई सन्कालागि चेकजाँच गर्दा उनिहरुसङ्ग लागु औषध नाईट्रोभेट १५०० पिस बरामद भएको थियो ।

पक्राउ पर्नेमा जिल्ला दोलखा टुलोपात गापा वडा न.९ बस्ने ललित भुजेलको छोरा बर्ष २७ को असिम भुजेल र जिल्ला सिन्धुली कमलामाई न.पा. बस्ने टेक बहादुर भुजेलको छोएरा बर्ष २७ को मनोज भुजेललाई लागु औषध सहित नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि महोत्तरी कार्यालय पठाईएको सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर शाहीले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close