अवैध लागू औषध अफिम र गाँजा सहित १ जना पक्राउ ।

बारा, कार्तिक १४ गते शुक्रबार

आज शुक्रबार अन्दाजी ६ बजे प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले जिल्ला बारा पचरौता न.पा.वडा नं.४ बेल्दारी टोल स्थित नेपालबाट भारततर्फ साइकल चलाई जाँदै गरेका जिल्ला बारा पचरौता न.पा.वडा नं.३ रामनगर बस्ने बिरलाल यादबको छोरा बर्ष २० को बिनोद यादबलाई शरिरमा लुकाई छिपाई राखेको अवैध लागू औषध अफिम २ के.जि. र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवैध लागू औषध गाँजा २ के.जि. सहित फेलापारी पक्राउ गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close