
सशस्त्र प्रहरीले लागु औषध सहित् १ जना लाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पि.) बिरगन्ज बाट खटिएको टोलीले अन्दाजी १५:३० बजे भारतबाट नेपालतर्फ झोलामा राखी किराना सामान संगै २ वटा तेल को ग्यालिन बोकि आउँदै गरेको अवस्था मा शंका लागि चेकजाच गर्ने क्रममा पर्सा जिल्ला बि. म. न. पा. वडा नं. १० बस्ने बर्ष १९ को भानु कुमार साहलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने साह सँग ग्यलिनमा डाइजापाम ३९७ थान, फेनारागन ३९९ थाना र नुफिन ३७९ थाना बारामद भएको सशस्त्र प्रहरी निरीक्षक शुभर्न बमले बाताए।
आफ्नो प्रतिक्रिया दिनुहोस




