९ बर्षिय बालक राजन पटेलको हत्या गर्ने रेयन महतो कम्कर पक्राउ।

बिरगंज , माघ १६ गते शुक्रबार ।

जिल्ला पर्सा रामनगरी गा.वि.स. वडा नं ८ हाल
बहुदरमाई न.पा. वडा नं. ८ बस्ने वर्ष ९ को राजन पटेल
मिति २०७३/०६/२० गते विहान ०६.०० बजेको समयमा विरगंज उ.म.न.पा. वडा नं १४ स्थित चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपात सहित पानी जमेको खाली स्थानमा उत्तानो परी मृत्त फेला परेको मिसिल अध्ययन गरी ९ वर्षिय वच्चाको हत्याको कारण अरू केही नभई समलैङ्गिक सम्सर्ग ( गुद्वार मैथुन) हुन सक्ने र सोही अनुसार अभियुक्तको आचरण व्यवहार समेतको सुक्ष्म विश्लेषण गरी अभियुक्त सम्म पुग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरि जिल्ला पर्सा बहुदरमाई न.पा. वडा नं. २ घर भई हाल जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं १४ राधेमाई बस्ने वर्ष १९ को रेयन महतो कम्करलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close