
बिरगंज , मंसिर ०१ गते सोमबार ।
लागू औंषध wincirex ३० बोतल सहित एकजना पक्राउ परेको छ । जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.२४ खलवाटोल सिर्सिया स्थित बिशेष सूचनाको अाधारमा ऐ.वडा नं.१३ श्रीपुर बस्ने बर्ष ४४ को बिनोद गुप्ताले आइतबार राति ११:३० बजे भारतको रक्सौलबाट बिस्कुट खरिद गरी उक्त बिस्कुटको कार्टुन भित्र लागु औषध wincirex लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा निजलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागु औषध wincirex ३० बोत्तल फेला परेकोले उक्त लागु औषध र बिनोद गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




