कोइराला निवासमा तिज विशेष कार्यक्रम सम्पन्न

रौतहट
नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रविनचन्द्र कोइरालाको निजि निवास चन्द्रपुर नगरपालिका-५, राैतहटमा हरितालिका तिज-२०८० को अवसरमा अायाेजना गरिएकाे तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

“कला संस्कृति र परम्परालाई जगेर्ना गर्दै हरीतालिका तिज मनाऔं, हिंसा रहित सकारात्मक सोच सहितको समाज निर्माण गरौं” भन्ने हेतुले हामिले सामाजिक सद्भाव र संस्कृतिकाे रक्षाका लागि चन्द्रपुर ५ स्थित आफ्नो निजि निवासमा तिज विशेष कार्यक्रम गरिऐकाे नेता काेइरालाले बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस सहितका विभिन्न राजनीतिक दलका महिला नेतृहरु, समाजसेवी, सहकारीकर्मी, पत्रकार, युवाहरु लगायतका सयाैँ जनाको उपस्थिति रहेको नेपाली काँग्रेसका चन्द्रपुर ५ का वडा सभापति कल्याण कार्किले जानकारी दिए ।

कार्यक्रममा उपस्थिति भएका प्राय सवैले शुभकामना साटासाट गर्दै सवैजनालाई भेटघाट गर्ने, तिज मनाउने अवसर जुराएर सामाजिक सद्भावकाे सन्देश दिन पहल गरेकाेमा नेता काेइरालाकाे प्रशंसा भएकाे वडा सभापति कार्किले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close