बहुमत सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको :- लोकेश सिंह

अजित कुमार भुजेल

बारा , मंसिर २७ गते शनिबार ।

बहुमतको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप नेपाली काग्रेंसका महासमिती सदस्य तथा तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले लगाउनु भएको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रष्टोका बजार स्थित रहेको तारकेश्वरनाथ जिनादबाबा मन्दिरमा आज देखी सुरु भएको दुई दिने मेलाको उदघाटन गर्दै उहाले यस्तो आरोप लगाउनु भएको हो ।

देशमा भ्रष्टाचार र बलात्कारका घटना बढ्नुमा अहिलेको सरकार नै दोषी रहेको उहाले आरोप लगाउनु भयो ।

राजवादी सलबलाउनु, सक्रियता देखाउनु र राजतन्त्रको पक्षमा विभिन्न कार्यक्रम संचालन गर्दै हिडने अवसर प्रदान गर्ने ओली सरकार नै जिम्मेवार रहेको उहाको भनाई थियो ।

समयमै सदबुद्धी पलाओस र सरकारले जनचाहना अनुसार काम गर्न पाओस भनी उहाले जिनादबाबासंग प्रार्थना समेत गर्नु भयो ।
भौतिक दुरी कायम गरी मन्दिरमा पुजापाठ गर्नुका साथै मेला अवलोकन गर्न तरुण दल बाराका अध्यक्ष समेत रहेका सिंहले श्रद्धालु भक्तजनसंग आग्रह गर्नु भयो ।

धार्मिक विधी अनुसार पुजाआजा सम्पन्न गरी रिबन काटेर कार्यक्रमका प्रमुख अतिथी सिंहले मेलाको उदघाटन गर्नु भएको थियो ।

कोभिड–१९ को कारण मेला नै खुकुलो पारिएको कारण यसपाली दर्शनार्थीको संख्या कम हुने मेला व्यवस्थापन समितीका अध्यक्ष केदार साहले जानकारी दिनु भयो । गत वर्षको मेलामा ५० हजार बढी दर्शनार्थी मेला भर्न आएको उहाले बताउनु भयो । मन्दिरमा आएर गरेको भाकल पुरा भएपछि भक्तजनले सोही मन्दिरमा अष्टयाम समेत गराउने गरेको मेला व्यवस्थापन समितीले जनाएको छ ।

उदघाटन समारोहमा बोल्दै प्रसौनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सनईत साह, गाविस पुर्व अध्यक्ष राजेन्द्र साह तेली, बडा स्तरिय नागरिक समाजका अध्यक्ष बिरेन्द्र साह, समाजसेवी बम यादव, पुजेरी धनलाल ठाकुरले मेलाको सफलताको कामना गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close