पर्साको ठोरी र सुवर्णपुर बजारमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, उपभोक्ता एेन २०७५ बमोजिम कार्वाही ।

अजित भुजेल

बिरगंज , माघ १० गते शनिबार ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा,इलाका प्रहरी कार्यालय ठोरी ,ठोरी गाउँपालिकाको कार्यालयका प्रतिनिधि सहित ठोरी र सुवर्णपुरका बजार अनुगमन गरेको थियो ।

अनुगमन गर्दा गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रोहित किराना पसल-सुवर्णपुर-५पर्सा ले खरिद बिल नदेखाएकोले रु १००००/(दश हजार मात्र)तत्काल जरिवाना गरिएको थियो भने एम बी फर्निचर -सुवर्णपुर-५पर्सा ले खरिद बिल नदेखाएकोले रु ५०००/(पाँच हजार मात्र) जरिवाना, रुपाखेती कलेक्सन- ठोरी-२पर्सा ले खरिद बिल नदेखाएकोले रु ५०००/(पाँच हजार मात्र)जरिवाना , रूधम ए टु जेड पसल-ठोरी-१पर्सा ले खरिद बिल नदेखाएकोले रु ५०००/(पाँच हजार मात्र) तत्काल जरिवाना गरिएको र उत्त रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंक मा जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले पर्सा पोस्टलाई जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close