अबैध घरेलु हतियार सहित उपेन्द्र साह पक्राउ ।

बिरगंज , माघ ३० गते शुक्रबार ।

अबैध हतियार सहित एक जना पक्राउ परेको छ ।बिहीबार राती ९ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२५ सिर्सिया स्थित सडकमा शर्मा साहको छोरा अन्दाजी वर्ष २४ को रामा साह भन्ने उपेन्द्र साह मोटरसाइकलमा भारत बाट नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट घरेलुु हतियार कटुवा पेस्तोल थान-१ र BR 5 AF 4647 नम्बरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धान काएय भैइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुवरले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close