यातायात व्यवस्था कार्यालय नारायणी वीरगंज पर्साका सवारी चालक अनुमति पत्रमा लाखौको चलखेल

वीरगंज महानगरपालिका वडा नं.२३ (प्रसौनी) सिर्सिया खोला पारी रहेको यातायात कार्यालय वीरगंजको सवारी चालक अनुमतिपत्रको लागि आज भएको ट्रायल परिक्षामा प्रसिक्षुहरुबाट जनही रु ५ हजारको दरले त्यहाँका कर्मचारी चन्द्र पुर्वेले असुली गरी राखेको अन्य उपस्थित व्यक्तिहरुले देखेपछि त्यहाँ हल्ली खल्ली मच्चिएको थियो ।

हजारौका संख्यामा पुनः मोटरसाईकल र स्कुटीको ट्रायल दिन आएका प्रसिक्षुहरुबाट त्यस कार्यालयका सवारी चालक अनुमति पत्रका प्रमुख उमेश रेग्मीको निर्देशनमा उक्त रकम उठाउने गरेको उनले त्यहाँ सबैको सामुने खुलाएका थिए । लाखौको असुली हुने त्यस स्थलबाट क–कसले भाग पाउने हुन् त्यो भने रेग्मीकै डाईरीमा उल्लेख रहेको हाम्रो सुत्रको ठहरछ ।

सुनिनमा आए अनुसार असुलीको उक्त रकमबाट प्रदेशका मन्त्री तथा विभागका सचिव समेतलाई पठाउने गरिएको रेग्मीका निकस्थहरुले बताउने गरेका छन् । एक बखत मृतकहरुको नामबाट सवारी चालक अनुमतिपत्र बनाईदिएकोमा उनको जागिर नै धरापमा परेको थियो । केही वर्ष निलम्बनमा परेका रेग्मी माथि विभागमा मोटै रकम लेनदेन गरी फुत्केका व्यक्ति हुन रेग्मी । त्यस उप्रान्त पनि उनि हानिएर पुनः वीरगंजमै स्थापित भए । सच्चिनुपर्नेमा झन ब्रम्हलुट नै मचाउन खोजे । केही सिप नचलेपछि सरुवा भई जनकपुर हानिए । काठमाण्डौ विभागमा पुनः मोटो रकम खर्ची जनकपुरबाट वीरगंज फिर्ती भएपछि उनको असुलीको धन्दा फस्टाएको पुर्वे जस्ता कर्मचारीले नै प्रस्टाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close