द्वैध नागरिक अजय र प्रविण बंका पछि वीरगन्जका राजिव अग्रवाललाई पनि पक्राउ पुर्जी

द्वध नागरिकहरुमाथि कडा रुपमा उत्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल र भारत दुवै देशको नागरिकता राखेको आधारमा प्रविण कुमार बङ्का, अजय अग्रवालका र राजिव कुमार अग्रवाल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

भारत विहारका विभिन्न स्थानका नागरिक भएका प्रविण बङ्का, अजय अग्रवाल र राजिव कुमार अग्रवालले नेपाली नागरिकतासमेत लिएको प्रमाण सहित परेको उजुरीको आधारमा यिनिहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।

प्राप्त समाचार अनुसार तत्कालिन वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगर निवासी मेरचन्द अग्रवालको जेठा छोरा अवय अग्रवाल र निजकी श्रीमती र छोरा समेतले नेपाल र भारत दुई देशको नागरिक भएको प्रमाण सहित परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।

नेपालका वंसज नागरिकसमेत रहेका अग्रवाल परिवार भारतमापनि नागरिकता लिएका सुविधा भोग गरिरहेको बुझिन आएको छ ।

त्यसैगरि भारत बिहार हशनपुर विघानसभा क्षेत्रका मतदाता रहेका राजिव कुमार अग्रवाल र दलसिनसराय उजियारपुरका प्रविण बङ्काले २०६३ सालमा खटेको नागरिकता टोलीवाट झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएको प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको श्रोतले जनाएको छ ।

नेपाल भारत दुवै देशको नागरिकता धारिहरुको झुण्ड रहेको वीरगञ्ज द्वध नागरिकहरु उपर प्रशासन बल्ल कडाईका साथ् प्रस्तुत भएको छ ।

नेपाल र भारत दुवै देशको नागरिकता लिएको यी द्वध नागरिकहरुले वैधरअवैध कारोबारबाट नेपालमा आर्जन गरेको सम्पति भारतमा सिंचित गर्ने र भारतमा आर्जन गरेको सम्पति नेपालमा सिंचित गर्ने सुरक्षित र सहज ठानेका यस्ताहरु उपर देशभरत युवा समूह समेत खरो उत्रेका छन् ।

समाचार श्रोतका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ निवासी प्रदिप मित्तल, वडा नम्बर ६ निवासी विनोध चाचान र त्यसैगरि कपड उद्योगी सुशील मित्तल र निजका भाई पवन मित्तलसमेत भारतीय नागरिक भएको खुलेको छ ।

नेपालका वंसज नागरिक भएपनि भारतमा पनि नागरिकता लिएर जग्गा जमिनको कारोबारमा संलग्न भएको बुझिन आएको छ ।

श्रोत अनुसार जिल्ला प्रशासन कार्यालयले पटक(पटक द्वध नागरिकहरु विरुद्ध परेको उजुरीको आधारमा पक्राउ गर्न पत्रचार गरेपनि पर्सा प्रहरीले पक्राउ नगरी दिँदा अनुसन्धानमा समस्या उत्पन्न हुने गरेको बताइन्छ ।yatradaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close