
बिरगंज , फागुन १७ गते सोमबार ।
विशेष सूचनाको अधारमा सोमबार दिउँसो ३ बजेको समयमा जिल्ला पर्सा पर्सागढी न.पा.वडा नं.९ स्थित बडेर्वाबाट एकटांगा तर्फ जाने कच्ची सडक खण्डमा शंकाष्पद पैदल हिडीरहेको अवस्थामा फेला पारी जिल्ला मकवानपुर राक्सीराङ गा.पा.वडा नं.८ बस्ने बर्ष १८ को सुकराम तामाङको शरीर रितपूर्वक खानतलासी गर्दा शरीरमा प्लाष्टिकले बेरेको अं.२ के.जी.लागु औषध गाँजा र ऐ.ऐ.बस्ने बर्ष १९ की अस्मिता तामाङको शरीर रितपूर्वक महिला प्रहरीले खानतलासी गर्दा निजको शरीरबाट लागु औषध गाँजा २ के.जी. गरी जम्मा लागू औषध गाँजा ४ के.जी.सहित निजहरुलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान प्रकृया अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
साथै, निजहरुलाई आर्थिक प्रलोभन दिई मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भईसकेको र निजको खोजी कार्य भईरहेको व्यहोरा समेत जानकारी गराएका छन् ।




