राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् ।

नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ ।

नेकपा दुइ खेमामा बिभाजित हुनाले नेपाली कांग्रेस नै अहिलेको सत्ता राजनीतिको खेलमा निर्णायक शक्तिका रूपमा रहेको छ । तर सरकारको नेतृत्व लिने कुरामा नेपाली कांग्रेस अनिर्णयको बन्दीजस्तै भएको छ । अहिले कांग्रेस फकाउने रणनीतिमा दाहाल–नेपाल सक्रिय छन । तर, देउवाले दाहाल—नेपालको सत्ता साझेदारीको प्रस्ताव सहजै स्विकार्लान् जस्तो देखिदैनन ।कांग्रेसभित्रै पनि देउवालाई नेकपाको कुनै पनि समूहलाई सहयोग र समर्थन गर्न नहुने दबाब बढ्दो छ ।

फेरी विगतका फोहोरी खेलको पुनरावृत्ति हुने संकेत देखिएको छ ।अहिलेको सम्भावित सत्ता समीकरणको केन्द्र बिन्दुमा कांग्रेस नै रहेको अवस्था छ । यसका लागि जतिसक्दो चाँडो नेकपा विवाद निष्र्कषमा पुगोस् भन्ने आशय कांग्रेसको रहेको छ । अहिले सबैको चासो भनेको अब पुनस्र्थापित संसदमा नेकपा कसरी अघि बढ्ला भन्ने नै हो ।

मुलुकको राजनीतिक भविष्य कता जाला भन्ने चिन्ता बढेर गएको छ । नेकपाका दुवै समूहका नेता सकेसम्म बहुमत सदस्यलाई आफूतिर तान्ने कसरतमा छन । जब सांसद् दुई समूहको तानातानमा पर्छन् अनि त्यहाँ फोहोरी राजनीतिको खेल सुरु हुने देखिन्छ । यस्तो अवस्था नआओस् भन्ने नागरिक अपेक्षा हो ।नेतृत्वले छाती चौडा पारेर देशको राजनीति सही बाटोमा हिँडाउन सक्नु पर्छ ।

 

देशको हितमा निर्णय लिनुपर्ने बेला हो यो । नेपाली कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ । अझै पनि नेकपा मिलेर जाने हो भने देशको राजनीतिले सहज रुपमा निकास पाउनेछ । अहंमता, दम्भ, बदला र इष्र्याले कसैलाई फाइदा गर्ने छैन । यदि नेकपा नमिले पार्टीको अस्थित्व संकटोन्मुख हुने निश्चित छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close