बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो ।

अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्‍न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।

फरार महिलाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । onlinekhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close