
काठमाडौं , फागुन २३ गते आइतबार ।
बिरगंजका एक युवक लागू औषध सहित पक्राउ परेको छ । आज दिउसो अन्दाजी ०४:२५ बजेको समयमा का.जि चन्द्रागिरि न.पा वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले विरगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ७ ख ४७४८ नम्बरको यात्रुवाहक गाडीलाई चेक जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका जिल्ला पर्सा विरगंज म.न.पा वडा नं. १४ घर हुने बर्ष २० को फैयाज राउत गद्धिले झोलामा लुकाई छिपाई लिई आएको औषधीजन्य लागु औषध NOOPHINE (नुफिन) लेखिएको ६०० एम्पल, PHENERGAN (फेनारगन) लेखिएको ५०० एम्पल र DIAZEPAM (डाईजेपाम) लेखिएको ५०० एम्पल गरी जम्मा १६०० एम्पल लागुऔषध फेला परेको हुँदा निज फैयाज राउत गद्धिलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।