
बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको मुसहर्वा नाकाबाट प्रहरीकै सेटिङ्गगमा ब्यापक तस्करी फस्टाएको छ । उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने कार्य सशस्त्र प्रहरीको मिलोमतोमा एस पी देखि डीआइजी सम्मको सेटिङ्गगमा सुरु भएको छ।बाराका सशस्त्र प्रहरीलाई मोटो रकम दिइ राजनितिक संरक्षणमा महिनौ देखि सो नाकाबाट मोटरसाइकल र साइकलमा नै बोराका बोरा काजु र किसमिसको समेत तस्करी फस्टाएको स्थानियहरु प्रत्यक्षदशीहरुले जानकारी गराएको छ ।
सशस्त्र प्रहरी बल बि.ओ.पि मुसहर्वाको मिलोमतोमा ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा सुपारि ,छोकडा, जुटको बोराको ठूलो मात्रामा समेत तस्करी भइरहेको छ ।
मुसहर्वा नाकाका सशस्त्र प्रहरी बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य बिदामा गएको बेला सशस्त्र प्रहरीका सइ सबिन खडका र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी सुरु भएको भएको छ । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन र स्याउ तस्करीको लाईन पाउनेमा रहेका छन् । त्यस्तै काजुको लाईन पाउनेमा संदेश कुशुवाह,इब्राहिम अंसारी,अनिल गजनन्द र संदिप वर्णवाल रहेका छन् ।
अहिले मुसहर्वा नाकाबाट कबाड तस्करी ,चाईनीज स्याउ,सुपारी,छोकडाको व्यापक तस्करी भइरहेको छ । सशस्त्र प्रहरीको मुसहर्वामा रहेको बीओपीका प्रमुख डिएसपीले लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन दिएको नाम नछाप्ने शर्तमा एक तस्करले बताएका छन् ।
उक्त नाकाबाट राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् ।
बारा जिल्लाको बिभिन्न नाका हुदै तस्करी फस्टाएपनि माथिल्लो निकायको मौनता नै सशस्त्र प्रहरी प्रमुखको इमान्दारीता माथि प्रश्न चिन्ह खडा गरेको छ। सशस्त्र प्रहरीको कमाण्डरहरुको माध्यमले माथिल्लो निकायलाई नजराना पुग्न थालेपछि मौन धारण गरेको बुझ्न सकिन्छ ।




