
बिरगंज , चैत्र ०१ गते आइतबार ।
पर्सा प्रहरीद्वारा लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७७।१२।०१ गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थितमा खटिएको लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका निम्न मानिसहरू माथि शंका लागी निजहरुको शरीर रीतपूर्वक खानतलासी गर्दा निजहरूले बोकेको तरकारी हालेको बोरामा लुकाइछिपाई ल्याएको लागु औषध ONEREX-100 ml ५० बोतल र नाइट्रोभेट १०पत्ता (३००) ट्याव्लेट फेला परेकोले उक्त लागु औषध बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ थप अनुसन्धान अगाडि बढाइएको
जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




