भन्सार एजेन्ट महासघ नेपालको कोषाध्यक्षमा चयन भएका नेपाली काङ्ग्रेसका युवा नेता मनोज राउत कुर्मीलाई सम्मान ।

बिरगंज , चैत्र ०५ गते बिहीबार ।

भन्सार एजेन्ट महासंघ नेपालको १० औ वार्षिक साधारणसभा तथा चौथो महाअधिवेशनबाट सर्व सहमतीले कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता एवम समाजसेवी मनोज राउत कुर्मी सर्वसम्मतले चयन हुनुभएकोमा उहाँलाई आज बिरगंजमा नेपाली कांग्रेसका युवा नेताहरूद्वारा खादा ओढाई र टिका लगाई सम्मान गरेको थियो साथै वहां लगायतका सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ताले जानकारी दिनुभएको थियो ।

सम्मान कार्यक्रममा वि. पी कोइराला युवा नेतृत्व बिकाश मञ्च प्रदेश न.२ का प्रदेश सम्पर्क बिभाग मनोहर कुमार साह , नेपाली काङ्ग्रेसका युवा नेता धिरज गुप्ता , बाबुनन्द पटेल , युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ताको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close