
राहुल गुप्ता
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको विकासको लागि काम कम र स्टनवाजी बढी गरिरहेको गुनासो बढ्दै गएको छ । दुई वर्ष आठ महिना बितिसक्दा पनि वीरगन्ज महानगरपालिकाको अवस्था फेरिएको छैन। बरु झनै लथालिंग भएको मतदाताहरू बताउइरहेका छन।
स्थानीय तह निर्वाचनमा तत्कालीन सत्तारुढ दलहरूको भागबन्डामा वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) नेपाल र उपमेयर नेपाली कांग्रेसको भागमा पर्यो। चुनावको बेलामा उनले आफू जिते वीरगन्ज महानगपालिका को समग्र विकासमा ध्यान दिने बताए पनि अहिले वीरगन्जको हाल बेहाल भएको अवस्था रहेको छ ।
उनले आफु निर्वाचित भएपछि सर्वप्रथम वीरगञ्जवासीलाई नै महानगरसहित अन्य क्षेत्रमा प्राथमिकताका साथ रोजगारी सृजना गर्ने बताएका थिए तर अहिले मेयर राजेशमान सिंह ले नै वीरगन्जमा बेरोजगारी बढाउने तिर लागेको आरोप लागिरहेको छ । उनले रोजगारीको नाम मा वीरगन्ज महानगरपालिका ज्यालादारी मार्फत तथा करार मार्फत कर्मचारी भर्ना गरेर दुई तीन महिना मै निकाल्ने गरेका छन । यस बाट झन वीरगन्जमा बेरोजगारी बढेको छ ।
त्यस्तै उनले सोन्दर्यकरणको नाममा सडक पोलहरुमा बत्ति लगाउनुको सट्टा झिलिमिली लगाउने गरेको पाइएको छ । अहिले वीरगन्जको अधिकांस बिजुलीको पोलहरुमा बत्ति नभइ दुर्घटना बढेको पाइएको छ । एक स्थानीयले वीरगन्ज वडा नं १७ अलौ स्थित ड्राइपोटमा रातिको समयमा दिनदिनु दुर्घटना बढ्नुको कारण सडक बत्ति जडान नगर्नु रहेको बताएका छन । हिजो पनि रातीको समयमा दुर्घटना भइ एक बालकको मृत्यु तथा एक जना गम्भीर घाइते भएका छन ।वीरगन्ज महानगरपालिकाका मेयरले राजेशमान सिंहले ग्रामिण भेगमा केही बिकास नगरेको बताए ।




