२ क्विन्टलको जंगली पाटेबाघ नियन्त्रण ।

बर्दिया , चैत्र ०५ गते बिहीबार ।

विगत केहि दिन देखि बर्दियाका बिभिन्न ठाउँमा जंगलि पाटेबाघले मानिस तथा गाई गोरु समेतलाइ आक्रमण गरी मारेको र घाइते समेत बनाएको हुदाँ उक्त बाघलाई नियन्त्रणमा लिन बिहीबार अन्दाजि १४:४० बजेको समयमा जिल्ला बर्दिया मधुवन न.पा.३ स्थित रहेको गौरी महिला सामुदायिक वन उपभोक्ता समुहको जंगलमा सब वन कार्यालय सानोश्री बर्दियाका सहायक वन अधिकृत सन्तोष चौधरी, NTNC (राष्ट्रिय प्रकृति संरक्षण कोष ) को प्राबिधिक टोली, भेटनरीका डाक्टर, ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्र.नि.राजन कुमार गौतमको कमाण्डमा ५ जना प्रहरी टोलि, स.प्र.सिमा सुरक्षा बोर्डर आउट पोष्ट भगरैया बर्दियाबाट स.प्र.नि.अस्मित चौहान मगर सहित १५ जनाको टोली, बर्दिया राष्ट्रिय निकुञ्जबाट ३ वटा माउते हात्ती सहितको टोलिले बन जङ्गल सर्च तथा अनुगमन गर्दा सोही सामुदायिक वनमा अन्दाजि २ क्विन्टल तौल भएको अन्दाजि ८ देखी १० बर्ष उमेर भएको भाले जातको पाटे बाघलाई नियन्त्रणमा लिई बांके राष्ट्रिय निकुञ्जमा पठाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close